Agni Offset Press

टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने

Aarati simant

अत्तरिया, २९ माघ : कैलालीको टीकापुर नगरपालिकालाई गुलाफको सहर बनाउने अभियान थालिएको छ । भ्यालेन्टाइन–डे अर्थात् फेब्रुअरी १४ देखि यो अभियान थालनी गर्ने योजनाका साथ तयारी भइरहेको हो ।

टीकापुर नगरप्रमुख रामलाल डंगौरा थारुले अभियान अन्तर्गत नगरपालिका तथा वडा कार्यालय परिसर, नगरपालिकास्थित ६ लेन सडकको मेडियन, चिल्डे«न पार्क, सरकारी तथा गैरसरकारी कार्यालय परिसर, सार्वजनिक स्थललगायतका स्थानमा गुलाफका बिरुवा रोपिने जानकारी दिए ।
यसैबिच टीकापुरको जमरा पुलदेखि बसपार्कसम्म रहेको झण्डै दुई किलोमिटर सडकको दुवैतर्फ ग्रीन लेनमा पनि तालजाली लगाइएको छ । नगर प्रमुख थारुले ‘भ्यालेन्टाइन–डे’ का दिन नगरवासी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी लगायतको सहभागितामा १० हजार गुलाफको बिरुवासहित अन्य फलफूलका बिरुवा, मौसमी तथा बेमौसमी सजावटका बिरुवा रोप्ने बताए ।
नगर प्रमुख थारुले अर्को वर्ष भ्यालेन्टाइन–डेकै दिन संसारभरिकै मानिसलाई टीकापुरमा गुलाफ अवलोकन गर्न आमन्त्रण गरेर पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको सुनाए । टीकापुरमै कर्णाली नदीको तटमा टीकापुर बृहत् उद्यान पार्क छ, जहाँ विभिन्न ३६ प्रजातिका गुलाफ पाइन्छन् । तिनै गुलाफका बिरुवालाई रोप्दै जाने र एक वर्षमा गुलाफको सहर बनाउने पालिकाको परिकल्पना छ । नगरपालिकाले यो अभियानका लागि १० लाख बजेट विनियोजन गरेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.