गौरीगंगामा जुवा खालमा प्रहरीको छापा, ७४ हजारसहित ९ जना पक्राउ

अत्तरिया : कैलालीमा प्रहरीले जुवा खालमा छापा हानेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरका अनिल केसीको घरमा जुवातास भइरहेको सूचनाका आधारमा प्रहरीले मंगलबार छापा हानेको थियो ।

सो क्रममा जुवातास खेलिरहेका केसीसहितका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए । उनका अनुसार उनीहरुको साथबाट ७४ हजार नगद बरामद गरिएको छ भने सानोठूलो ७ वटा मोबाइल, चार वटा तासको गड्डी पनि बरामद गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.