Agni Offset Press

बैतडीमा भिरबाट लडेर प्रहरी हवलदारको मृत्यु

Aarati simant

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवलदार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल घर भएका प्रहरी हवलदार खडायत बुधवार बेलुकी घरबाट कार्यालय गइरहेका बेला बारिल भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।

तत्काल उनलाई गोकुलेश्वर अस्पताल लगिएपनी डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए । मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ । अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.