Agni Offset Press

बाजुरा बुढीगंगामा दुई समुह बीच झडप, एक जनाको मृत्यु

Aarati simant

बाजुरा, ९ फागुन : बाजुरा बुढीगंगा नगरपालिका–८ मोटाबाडामा विहेको निम्तोमा गएका दुई समुह विच दोहोरो झडपबाट घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यू हुनेमा बुढीगंगा नगरपालिका–८ डुग्रीतोलाका अन्दाजी २९ बर्षीया रणबहादुर थापा रहेका छन । जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहराका अनुसार बिहिबार राति बिहेको निम्तो खान गएका दुई समुह विच दोहोरो झडप भएको थियो । झडपमा रण बहादुर थापा घाईते भएका थिए ।
थापाको उपचारको क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी बोहराले बताएका छन । सुचना अधिकारी बोहराका अनुसार आरोपीत ३ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको र घटनाबारे सोधपुछ तथा अनुसन्धान भईरहेको बताए ।
पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका ७ का वाईलका दिर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्कालाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.