
अत्तरिया, १० फागुन : कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको हिलवल्र्ड ईङ्गलिस वोर्डिङ हाई स्कुलले २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै छ । भोलि फागुन ११ गते उत्सव मनाउन लागेको हो । शनिबार स्कुलले आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिकोत्सवबारे जानकारी दिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर बमले विद्यालय गुणस्तरीय शिक्षा दिन प्रयत्नशील रहेको बताए । यस विद्यालयबाट उत्पादित भएका विद्यार्थीहरु कैयौँ डाक्टर, इन्जिनियर, सीएसम्म उत्पादन गरी मुलुकलाई आवश्यक जनशक्ती कतै न कतै टेवा पुर्याएको उनले बताए ।
शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाएको यस विद्यालयले जिल्लास्तरीय र एसईईको परीक्षमा उल्लेखनीय र प्रभावकारी नतिजा ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल डिआर शर्माले बताए । स्थापना कालमा पहिलो बर्ष ३५ जना विद्यार्थीबाट सुरु गरिएको यस विद्यालयमा हाल आएर ५ सय ५० जना विद्यार्थी रहेको उनले बताए । आवासमा पनि सुदूरपश्चिमका पहाडी जिल्लाका बालबालिकालाइ न्युन शुल्कमा सन्तुलित भोजनको प्रवन्ध गरी आवासमा पनी ३५ जना विद्यार्थी रहेको जानकारी उनले जानकारी दिए ।
