
अत्तरिया, १० फागुन : कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको गोदावरी पब्लिक स्कुलको दोस्रो बार्षीकोत्सव तथा अभिभावक दिवस सप्पन्न भएको छ ।
शनिवार आफ्नो दोस्रो वार्षिकोत्सव कार्यक्रममा साना बालबालिकालाई सुदूरपश्चिमको कला संस्कृति झल्किने नृत्व गर्न प्रोत्साहन गरेको थियो । विद्यालयले वार्षीकोत्सव कार्यक्रममा दर्जनौँ नृत्य प्रस्तुत गरेको हो ।
बालबालिकाहरूले ‘काहोलो हरि भजन, वाइ होलो हरि कृतन’ नामक देउडा गीतमा पैतला मिलाएर देउडा खेलेका थिए । साना बालबालिकाले पैतला मिलाएको दृश्य निकै आकर्षित थियो । विद्यालयले वार्षीकोत्सव कार्यक्रमका लागि कोरियोग्राफर नियुक्त गरेर नृत्यहरू प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा छलिया नृत्य लगायतका विभिन्न यस क्षेत्रका भेसभुसा झल्कने नृत्यहरू पनि बालबालिकाहरूले प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी मात्रै नभएर अभिभावकले पनि नृत्य प्रस्तुत गरेका थिए । दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा. नरेन्द्र बहादुर ऐरको प्रमुख आतिथ्यमा दोस्रो वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको हो । विद्यालयका संस्थापक मनिराज नौन्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका–१ का वडाध्यक्ष गोपाल भट्ट, विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कक्षा ८ सम्म अध्यापन हुने उक्त स्कुलमा हाल ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । वार्षीकोत्सवमा विद्यालयका विभिन्न विधामा बिजेता विद्यार्थीहरुलाई पुरुस्कार वितरण गरिएको थियो । यस विद्यालयले छोटो समयमा भौतिक संरचना पर्याप्त बनाउनुको साथै शैक्षिक गुणस्तरलाई समेत जोड दिएको छ ।
