Agni Offset Press

अछाम घर भएकी १२ वर्षीया बालिका भारतमा आफन्तबाटै बलात्कृत

Aarati simant

अत्तरिया : भारतमा एक नेपाली बालिका आफन्तबाटै बलात्कृत भएकी छन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा आमासँगै रहेकी अछामकी एक १२ वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

बालिका झन्डै ४५ वर्षीय पुरुषबाट बलात्कृत भएकी हुन् । बालिका बलात्कार गर्ने पुरुष आफन्त नै रहेको बताइएको छ । ‘बुवा आमासहित बालिका भारतमै थिइन् । भारतमै एक नेपाली पुरुषले बालिकालाई बलात्कार गरेको उजुरी परेको छ’ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले भने, ‘जबरजस्ती करणीमा मुद्दा परेको छ । हामी त्यही अनुसार अनुसन्धान गरिरहेका छौँ ।’

प्रारम्भिक रूपमा बालिकामाथि करिब ७ महिना पहिले बलात्कार भएको अनुमान गरिएको छ । अहिले बालिकाको गर्भमा करिब ३३ हप्ता भन्दा बढीको बच्चा रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । बालिकामाथि बलात्कार भएको घटना पनि बलात्कार भएको करिब ५\६ महिना पछि थाहा भएको थियो । ‘बालिकालाई बलात्कार गरेको आरोप लागेको उनकै आफन्त नाता पर्छन् तर, उनी अहिले सम्पर्कमा छैनन् । बालिकाको पेट ठुलो हुँदै गएपछि मात्रै घटनाबारे थाहा भएको हो’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘बालिकाले आफूमाथि पटक पटक बलात्कार गरिएको बताएकी छन् ।’

आरोपित पुरुषको खोजी गर्न प्रहरीले पहल सुरु गरेको छ । नेपालभन्दा बाहिरको घटना भएको हुँदा र आरोपित पनि त्यही रहेको हुँदा उनलाई पक्राउ गर्न भारतीय प्रहरीसँग पनि अछाम प्रहरीले सहकार्य गरिरहेको छ । प्रहरी हेडक्वार्टरले भारतीय दूतावाससँग समन्वय गरेर इन्टरपोलमार्फत पनि आरोपितलाई पक्राउ गर्ने तयारी थालेको जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.