विविध कार्यक्रम गरी अत्तरियाको पुष्पाञ्जलि आवासीय विद्यालयको ३६ औँ वार्षीकोत्सव मनाइयो

अत्तरिया, ११ फागुन : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय विद्यालयले ३६ औं वार्षीकोत्सव तथा अभिभावक दिवस मनाईएको छ ।
वार्षीकोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो । आईतबार वार्षीकोत्सव समारोहको गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालयमा शिक्षकहरूको मात्र नभई अभिभावकहरूको समेत महत्वपूर्ण भूमिका रहन्छ भन्ने सन्देश यस कार्यक्रममा उजागर भएको छ । अभिभावकहरूको सक्रिय सहभागिताले शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विद्यालयले विश्वास व्यक्त गरेको छ ।
वार्षिकोत्सव समारोहमा विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै नगर प्रमुख भट्टले नगरका सबै निजी विद्यालयहरूलाई शिक्षा स्तर उन्नत गर्न योगदान दिएकोमा आभार व्यक्त गरे । उनले सरकारी तथा निजी विद्यालयहरूबीच सहकार्य मजबुत बनाउन र शिक्षामा सुधार ल्याउन एकजुट हुनुपर्नेमा जोड दिए । नगरपालिकाले शिक्षकहरूको सेवासुविधा सुधार गर्न प्रतिबद्ध रहेको र यस उद्देश्यका लागि नगर शिक्षकहरूका लागि भलाइकोष स्थापना गरिएको नगरप्रमुख भट्टले जानकारी दिए ।
यस्तै समारोहमा उपप्रमुख शारदा देवी रोकायाले विद्यालयको सफलताको शुभकामना दिँदै विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतीकरणको प्रशंसा गरिन् ।संस्थागत विद्यालयहरू मध्ये अत्तरिया क्षेत्रकै सबै भन्दा पुरानो अग्रणी शैक्षिक संस्था रहेको पुष्पाञ्जली आवासीय विद्यालयले २०४५ सालमा सञ्चालन भई शैक्षिक, भौतिक क्षेत्र लगायत विभिन्न क्षेत्रमा अब्बल रहको साथै नर्सरी देखि कक्षा १० सम्म अध्यापन गराउँदै आइरहेको विद्यालयमा १ हजार भन्दा बढी विद्यार्थीहरु अध्यनरत रहेका छन् ।
विद्यालयका प्रिन्सिपल यम प्रसाद भण्डारीले बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सुविधासम्पन्न भौतिक पुर्वाधार निर्माण गर्नुका साथै जनशक्तिको समेत उचित व्यवस्थापन गरिएको बताए । वार्षीकोत्सव अवसर पारी उक्त विद्यालय बाट कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गरेका पूर्व विद्यार्थी सुरज भट्टलाई सम्मान गरेको थियो । उनी हाल पूर्ण छात्रवृत्तिमा काठमाण्डौ सिभिल इन्जिनियरिङमा अध्ययरत रहेका छन् । यस्तै पूर्व विद्यार्थी मनिषा सुनारलाई गायन कलामा सफलता प्राप्त गरेकोमा सम्मान गरेको थियो ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा शैक्षिक गतिविधिमा लगायत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरेको थियो । समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम तथा विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.