Agni Offset Press

महाशिवरात्रिको अवसरमा गोदावरीको कैवल्यनाथ मन्दिरमा अखण्ड रुद्राभिशेक यज्ञ सहित जलाभिशेष कार्यक्रमको आयोजना हुने

Aarati simant

अत्तरिया, १३ फागुन : महाशिवरात्रीपर्व २०८१ को पावन अवसरमा भोली (बुधबार) फागुन १४ कैवल्यनाथ मन्दिरमा अखण्ड रुद्राभिशेक यज्ञ सहित जलाभिशेष कार्यक्रमको आयोजना हुने भएको छ ।
कार्यक्रम १५ गते विहानसम्म जारी रहेन गोदावरी धामका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । गोदावरी गुरुकुलका आचार्य एवं वटुहरुद्वारा गोदावरीधाम कैलालीको कुम्भमेला क्षेत्रमा अवस्थित भगवान् शिवका १००८ शिवलिङ्ग दर्शन स्थल एवं कैवल्यनाथ मन्दिरमा अखण्ड रुद्राभिशेक यज्ञ सहित जलाभिशेष कार्यक्रमको आयोजना गरिने छ । धाममा पाल्नुभई दर्शन ÷अनुष्ठानमा सहभागी हुन श्रद्धालुहरुमा सादर आमन्त्रण आयोजकले गरेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.