Agni Offset Press

केएमसीमा पहिलो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन हुँदै

Aarati simant

अत्तरिया, १३ फागुन : कैलाली बहुमुखी क्याम्पस (केएमसी) ले यहि फागुन १५ र १६ गते “शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञानमा उदीयमान अनुसन्धान प्रवृत्तिहरू“ सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । शिक्षा, नवप्रवर्तन, र व्यवसाय मार्फत समाजलाई सशक्त बनाउने उद्देश्यका साथ यो सम्मेलन आयोजना गर्न लागिएको सम्मेलनका संयोजक मोहन सिहं साउदले जानकारी दिए ।
सम्मेलनमा विभिन्न १२ वटा विषयमा छलफल गरिने छ । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, गंगा एस स्कूल, अमर ज्योति विद्यालय, थकाली आर सेन्टर लगायतका नेपाली शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूले अनुसन्धान प्रस्तुति गर्नेछन् ।
यस सम्मेलनमा २६ वटा विदेशी विश्वविद्यालयका बौद्धिक व्यक्तिहरूको समेत सहभागिता रहनेछ । अलीगढ मुस्लिम विश्वविद्यालय, एमिटी विश्वविद्यालय, अन्ना साहेब डांगे कलेज अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, भारत लगायतका शिक्षण संस्थाका अनुसन्धानकर्ता तथा विज्ञहरू पनि सम्मेलनमा सहभागी हुनेछन ।
नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, मोरक्को, तान्जानिया, अस्ट्रेलिया, थाइल्यान्ड, र जापानका अनुसन्धानकर्ताहरू सम्मेलनका लागि धनगढी आइपुगेको संयोजक साउदले जानकारी दिए। विभिन्न देशका बौद्धिक व्यक्तित्वको उपस्थिति रहने भएकाले सम्मेलनले शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा अन्तर्राष्ट्रिय स्तरको छलफलको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । सम्मेलनले सुदूरपश्चिमको शिक्षामा थप टेवा पुग्ने आयोजकले गरेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.