Agni Offset Press

शिवरात्रीको अवसरमा धनगढीमा २० रुपैयाँमै खाना खुवाईदै

Aarati simant

अत्तरिया : ऋषिकेश धर्म संरक्षण सम्बर्द्धन समिति पटेलाले आज बुधबारदेखि धनगढीमा २० रूपैया खाना खुवाउने भएको छ । २० रूपैयामा खान खुवाउन धनगढीको गोल मार्केट नजिक घर भाडा लगेर महाशिवरात्रिको अवसर पारेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमको उद्घाटन श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरी महाराजबाट हुने कार्यक्रम रहेको छ ।
विहान ९ बजे देखि दिउसो १ बजे सम्म र बेलुकी ६ बजे देखी ८ बजे सम्म खाना खुवाउने समय रहेको आयोजक समिति ऋषिकेश पीठ र्धम संंरक्षण समबर्दन समितिका सदस्य जिबराज पण्डितले बताए ।
सनातन संस्कृतिको महान पर्व महाशिवरात्रीको अवसरमा आयोजित कार्यक्रममा सबैको सहभागताको लागि आयोजकले सबैमा आग्रह गरेको छ । बसपार्क पछाडि गोलमार्केट शुरू भएको उत्त खाना खुवाउने कार्यक्रम आगामी दिनमा अस्पताल लाईन र क्याम्पस रोडमा बिस्तार गरिने आयोजकले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.