Agni Offset Press

धनगढीको गोलमार्केटमा २० रुपैयाँमै खाना, गिरी महाराजले गरे उद्घाटन

Aarati simant

अत्तरिया : धनगढीमा आज पाल्गुन १४ गते देखि २० रुपैयाँमा खाना पाइन शुरु गरेको छ । ऋषिकेश पीठ धर्म संरक्षण सम्बद्र्धन समिति पटेलाले धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडी गोलमार्केटमा २० रूपैयाँमा खाना खुवाउने सुरुवात गरेको हो ।
महाशिवरात्रीको अवसरमा बुधबार श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरी महाराजले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।
उक्त स्थानमा हरेक दिन विहान १० : ३० बजे देखि दिउँसो १२ः३० बजेसम्म र बेलुकी साँझ ५ः ०० बजे देखि ७ : ०० बजे सम्म खाना पाइने आयोजक समिति ऋषिकेश पीठ र्धम संंरक्षण समबद्र्धन समितिका सदस्य जीवराज पण्डितले बताए ।
पैसाको अभावमा कसैले पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले २० रुपैयाँमा खाना खुवाउने कार्यक्रम अघि बढाईएको उनले बताए । बिषेशगरी लक्षित बर्ग र बिद्यार्थीका लागी सो अभियान शुरु गरेका हौ उनले भने खान चाहने सो सुकैले पनि खान सक्छन् । उनले २० रुपैयाँमा स्वच्छ, सफा खाना खान पाइने समेत बताए ।
बसपार्क पछाडि गोलमार्केटबाट शुरू भएको उक्त खाना खुवाउने कार्यक्रम आगामी दिनमा धनगढीको अस्पताल लाईन र क्याम्पस रोडमा बिस्तार गरिने उनले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.