Agni Offset Press

बाजुरामा भीरबाट लडेर एक जनाको ज्यान गयो

Aarati simant

अत्तरिया, १५ फागुन : बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका –१ का अन्दाजी ४० वर्षका नृपराज रेग्मीको भीरबाट लडेर मृत्यु भएको हो ।
गाउँ नजिकै माछा मार्न गएका रेग्मीको बिहीबार बिहान भीरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनाको प्रकृति हेर्दा भीरबाट नै लडेर मृत्यु भएको देखिए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.