पूर्वाधार विकासको जनचाहना पूरा गर्न दलहरुले मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

अत्तरिया, १५ फागुन : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना पूर्वाधार विकास भएको भन्दै विकास निर्माणमा दलहरु मिलेर काम गर्नुपर्ने बताएका छन । शहरी विकास मन्त्रालय अन्तर्गतको सघन शहरी विकास कार्यक्रमअन्तर्गत कञ्चनपुर बेलौरी नगरपालिकामा एकीकृत शहरी विकास कार्यक्रमका विभिन्न योजना उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले पूर्वाधार विकासका कामहरु गरेर जनतालाई सेवासुविधा दिनुपर्नेमा आफ्नो जोड रहेको बताए ।
उनले राजनीतिक व्यवस्था बदल्ने आन्दोलनमा सबै दलहरु मिलेको चर्चा गर्दै उनले विकास निर्माणका काममा पनि दलबीच एकता जरुरी रहेको धारणा राखे । ‘जनताले सेवा सहज होस् भन्ने चाहेको छ । स्थानीय, प्रदेश र संघ सबै तहका सरकारले पूर्वाधार विकासमा काम गर्नुप¥यो भन्ने जनचाहना छ,’ उपप्रधानमन्त्री सिंहले भने,‘ विकास निर्माणका काममा हामीले फराकिलो भएर सोच्नुपर्छ भन्ने मलाई लागेको छ । चुनावको बेलामा पार्टीहरुले आफ्नो एजेण्डा अलग्गै लिएर जनतामा गए पनि विकासका काममा सबै दलहरु मिलेर काम गर्नुपर्छ । मिलेर काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।’
उनले विकासका लागि राजनीतिक स्थिरता आवश्यक पर्ने भएकैले अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहित अरु दलहरुलाई पनि मिलाएर सरकार बनेको बताए । त्यस्तै, उपप्रधानमन्त्री सिंहले सरकारले बजेट बनाउँदा जनताको आवश्यक्ताको प्राथमिकिकरणका आाधरमा योजनाहरु बनाउने पनि बताए ।
संविधानले दिएका अधिकार सबैले बराबरी रुपमा उपभोग गर्न पाउनुपर्ने भन्दै उनले लामो संघर्षबाट प्राप्त अधिकारहरुलाई सुरक्षित गर्न आवश्यक कानूनहरु बनाउन सरकार लागिरहेको जानकारी दिए । अधिकार सँगसँगै जिम्मेवारी विर्सन नहुनेमा पनि सिंहले बताए । उनले वर्तमान सरकार आर्थीक समृद्धि र विकासमा केन्द्रीत भइरहेको भन्दै सरकारले नागरिकको चाहनाअनुसार काम गर्नेमा ढुक्क हुन आग्रह गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.