प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको अधिवेशन सुरु

अत्तरिया : प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन शुक्रबार धनगढीमा सुरू भएको छ । अधिवेशनको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले उद्घाटन गरेका हुन ।

शनिबारसम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा विशिष्ट अतिथिको रुपमा प्रेस चौतारी नेपालका ईन्चार्ज राजेन्द्र गौतम, नेकपा एमाले सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट, पार्टिको स्थायी कमिटि सदस्य कर्णबहादुर थापा, लिला भण्डारी, केन्द्रीय सदस्य खगराज अधिकारी रहेका छन।

अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारी, सदस्य, ससदूरपश्चिम प्रदेश नौ जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ । सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कृष्ण ओलीको सभाध्यक्षतामा सुरु भएको अधिवेशनबाट नयाँ कार्य समिति चयन हुने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.