अत्तरिया, १५ चैत : हिमशिखर बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेड हसुलिया सेवा केन्द्र द्वारा आयोजित सहकारी तालिम सम्पन्न भएको छ ।
शुक्रवार कैलारी गाँउपालिकाको सभाहलमा आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिमको आयोजना गरेको थियो । संस्थाका उपाध्यक्ष रोशन सिंहको सभापतित्वमा समापन भएको कार्यक्रममा उल्लेखनीय सहभागीता रहेको थियो ।
संस्थाको वार्षिक कार्यक्रम अनुसार सदस्यलाई सहकारी शिक्षा तालिमको आयोजना गरिएको बताउदै प्रमुख व्यवस्थापक महेन्द्र शाहीले स्वागत गरेका थिए । कार्यक्रममा जेष्ठ शेयर सदस्य भरत राम चौधरीले शुभकामना मन्तब्य दिएका थिए । तालिमको सहजिकरण धनगढी सेवा केन्द्रका प्रमुख दिलबहादुर खडायतले गरेका हुन् । कार्यक्रम सञ्चालन हसुलिया सेवा केन्द्रका सेवा केन्द्र प्रमुख युवराज जोशीले गरेका थिए । सो तालिमलाई साना किसान विकास लुघुवित्त वित्तिय संस्था लि.ले प्रायोजन गरेको थियो । हिमशिखरले यस किसिमको तालिम सबै सेवा केन्द्रहरुमा सञ्चालन गर्दै आईरहेको छ
सम्बन्धित पाेस्टहरु