अत्तरिया, १६ चैत : भारतीय तीर्थयात्री बोकेको ट्रयाक्टर कैलालीमा दुर्घटना भएको छ । भारतीय नम्बर प्लेटको ट्रयाक्टर जिल्लाको कैलारी गाउँपालिकामा दुर्घटना भएको हो । बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका तीर्थालु बोकेको सोनालिका ट्रयाक्टर कैलारी गाउँपालिका–५ को मनिकापुरमा दुर्घटना भएको जनाएको छ।
हुलाकी राजमार्गबाट ट्रयाक्टर खेतमा पल्टेको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको हो । सो क्षेत्रमा बाढीले राजमार्ग बिगारेको छ । दुर्घटनामा परी कम्तीमा १५\१६ जना घाइते भएको जनाइएको छ। जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल पठाएको छ ।