डोटीमा पर्यटक प्रहरी चौकी स्थापना

डोटीः डोटीमा पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ।

खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि डोटीको दीपायल सिलगढी नगरपालिकामा अस्थायी पर्यटक प्रहरी चौकी स्थापना गरिएको हो।

दीपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाँजिसिंह खड्काका अनुसार सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षाका लागि चौकी स्थापना भएको जानकारी दिए।

पर्यटकहरूलाई गाइड गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाको पहल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा चौकी स्थापना गरिएको नगर प्रमुख खड्काले बताए। चौकीमा प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा सात जना प्रहरी राखिएको छ।पर्यटकहरू माथि दुव्र्यवहार हुन नदिने,सुरक्षित अनुभूति गराएर बसाइँ लम्ब्याउने वातावरण बनाउने,आपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिने र पर्यटकहरूलाई गाइड गर्ने उद्देश्यले चौकी स्थापना गरिएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.