डोटीमा मिनिट्रक दुर्घटना : मृत्यु भएको तिनै जनाको सनाखत

अत्तरिया : डोटीमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ । मृत्यु हुनेमा मिनिट्रक चालक बझाङको बुंगल नगरपालिका– दहबगरका अर्जुन धामी, उज्ज्वल जाग्री र जगत धामी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुडर, डोटीले जनाएको छ । बुधबार बिहान धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.