अत्तरिया : गोदावरी नगरपालिका वडा नं. ७ मा आगामी आर्थिक वर्ष ०८२\०८३ का लागी ८६ लाख १० हजार ७ सय ८० रुपैयाँ बजेट विनियोजित गरिएको छ। वडाले मंगलबार नवौं वडा भेलाको आयोजना गर्दै २०८१\०८२ मा भएका योजान कार्यक्रमहरु र आगामी आर्थिक वर्षको निति तथा योजना कार्यक्रमहरु बजेट सार्वजनिक गरिएको हो। समारोहमा वडाध्यक्ष कलावती साउदले निति तथा योजना प्रस्तुत गर्दै गोदावरी नगरपालिका मार्फत प्राप्त बजेट सिलिङ मध्येबाट विनियोजित बजेट निति तथा कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार विकास तर्फ ५४ लाख १० हजार ७८० रुपैयाँ, सामाजिक विकास तर्फ १० लाख, आर्थिक विकास तर्फ १० लाख ,वातावरण तथा विपद् व्यवस्थापन तर्फ २ लाख र सामाजिक सेवा तथा संस्थागत क्षमता विकास तर्फ १० लाख रकम विनियोजित रहेको जानकारी दिए ।
यस्तै भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिएर जसमा सडक यातायात तर्फ बस्ती स्तरमा सडकको स्तरोन्नती गरी सडक कालापत्रे ग्राभेल तथा पानी पिच र ढल निकास गरिने, गत आव मा अधरी रहेका योजनाहरु आवश्यकताका आधारमा पूर्णता गरिने साथै तटबन्धनका लागि आवश्यक बजेट व्यवस्थापनका साथै आवश्यक पहलकदमी निरन्तर गरिने, सडक चोकहरुमा सोलार बत्ती जडान गरिने भएको जनाएको छ।
यस्तै समाजिक विकासतर्फ विनियोजित बजेटबाट शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय स्तरमा शैक्षिक सामाग्री वितरण, युवा स्वरोजगार मार्फत जिवन निर्वाह तथा व्यावसायीक दक्षताका लागि सिकर्मी, डकर्मी पलम्बर वायरिड डाइभिङ जस्ता सिपमुलक तालिम सञ्चालन, आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत उपलब्ध सेवामा विस्तार हने गरि संरचनामा सुधार, पर्यटन विकासलाइ मध्ये नजर गरी वडामा एउटा आकर्षक पार्क निर्माण कार्यको लागि अवश्यक पहल, महिला स्वयंसेवीकालाई आत्मबल बढाउने कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता, महिला दलित, एकल, विधवा, आदिवासी, जनजाती, मुस्लिम, अपाङ्ग, एचआईभि लक्षितहरुको लागि सिपमुलक, आयमुलक तथा अन्य जनचेतना मुलके कार्यक्रम सञ्चालन, बेरोजगार युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखि प्रत्यक्ष लाभ लिन सकिने कार्यक्रम सञ्चालन, खेल प्रति खेलाडीहरुको मनोवल उच्च राल तथा खेल क्षेत्रको विकास गर्न बजेट व्यवस्था गरिने भएको छ।
यस्तै आर्थिक विकासमा कृषि सिचाईका लागि बोरिङ, विद्युत मोटर वितरण कार्यक्रमका साथै सहुलियतमा मल तथा वीउ विजन वितरण , पशुपंक्षी विकास तर्फ भैसीपालन, गाईपालन, बाखापालन, कुखुरापालन, बंगुरपालन तथा व्यवसायिक किसानहरुलाई सघाउ पुग्ने खालका कार्यक्रम, व्यावसायिक कृषि प्रणालीलाई टेवा पुग्ने खालका कार्यक्रमहरु, समुहगत कृषि सिचाई कार्यक्रमलाई अगाडी बढाइनुका साथै उत्कृष्ट कृषकहरुलाई कृषी अनुदान कार्यक्रमम उत्कृष्ट कृषकलाई सम्मान तथा प्रोत्साहन कार्यक्रम , पक्की कुलो निर्माण कार्यलाई पनि निरन्तरतामा राखिएको जनाएको छ।
वातावरण तथा विपद व्यवस्थापन विनियोजित वन तथा भु संरक्षण, जल उत्पन्न प्रकोप नियन्त्रण जस्ता कार्यक्रमहरुलाई प्राथमिकता र विपद व्यवस्थापनका लागि विभिन्न निकाय तथा सरोकारवाला मञ्च र निजि क्षेत्रसँग समन्वय गरी आवश्यक कार्य अघि बढाइनेछ भएको छ।
यस्तै विभिन्न शीर्षकमा विकासका कार्यक्रमहरु योजना गराइने भएको जनाइएको छ। साथै वडाले जेठ ५ गते सम्म १० लाख ९५ हजार १८० रुपैयाँ राजश्व संकलन गरेको छ।