डीडीसी अत्तरियामा राख्न माग गर्दे कृषिमन्त्रीलाई स्थानीयले बुझाईयो ज्ञापन पत्र

अत्तरिया : अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) लाई धनगढी लैजाने सम्झौता रद्द गर्न भन्दै नेपाल सरकारका संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ ।
उक्त ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक सिडियो किरण जोशी मार्फत मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । डीडीसीलाई अत्तरियामै रोक्न गठन गरिएको दुग्ध विकास संस्थान संरक्षण संघर्ष समितिले शुक्रबार संघीय कृषिमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा डीडीसीलाई धनगढी सार्ने सम्झौता भएको भन्ने सुन्नमा आएकाले सो सम्झौता रद्द गरी अत्तरियामा नै कायम राख्नका लागि सम्बन्धीत निकायमा पहल गरिदिन अनुरोध गरिएको छ ।
यस्तै डीडीसीको हालसम्म आफ्नै स्वामित्वमा जग्गा उपलब्ध भईनसकेको हुँदा उक्त संस्थालाई जग्गा उपलब्ध गराउने विषय प्रक्रियामै रहेको समेत ज्ञापन पत्रमा भनिएको छ । उक्त ज्ञापन पत्रमा जग्गा प्राप्ती कार्यदलका संयोजक गोपालदत्त भट्ट, डीडीसी संरक्षण संघर्ष समितिका संयोजक लोकराज पाण्डेय आगो, सह–संयोजक धर्म कुँवर, सचिव विक्रम बिष्ट, उपसचिव बाबुराम बलम्पाकी ले हस्ताक्षर गरेका हुन ।
अत्तरियामा डीडीसीका लागि जग्गा आवश्यक भएको विषयमा यसअघि जग्गा प्राप्ती कार्यदल गठन गरिएको थियो । सो कार्यदलले जग्गा खोज्ने कार्य प्रक्रियामै रहेको बताउदै आएको छ । तर जग्गा खोज्ने कार्य प्रक्रियामै रहदा रहदै डीडीसीलाई धनगढी सार्ने सम्झौता भैसकेको भन्ने जानकारीमा आएपछि स्थानीयहरु आन्दोलित भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.