सुदूरपश्चिम प्रदेशको आर्थिक बृद्धिदर सबैभन्दा कमजोर

अत्तरिया : सुदूरपश्चिम प्रदेशको आर्थिक बृद्धिदर सबैभन्दा पछाडी देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालका सातै प्रदेशको आर्थिक बृद्धिदर बारे गरेको प्रक्षपण अनुसार सुदूरपश्चिममा सबैभन्दा कम ३ दशमलव ३२ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान गरेको छ । कृषी क्षेत्र सुधार भइरहेपनि त्सको प्रसोधन तथा बजारिकरणको अभावका कारण आर्थिक बृद्धिदर पुछारमा पुगेको बिज्ञहरु बताउछन् ।
प्रदेशको कुल गार्हस्थ उत्पादन रु ४ खर्ब २९ अर्ब ६२ करोड हुने अनुमान गरिएको छ । चालु आव २०८१\८२ मा प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा रु ४ खर्ब २९ अर्ब ६२ करोड हुने अनुमान गरिएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार धनगढीमा आयोजना गरेको प्रादेशिक लेखा अनुमान सार्वजनिक कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको हो । तथ्यांक प्रस्तुत गर्दै तथ्यांक समन्वय कार्यालय कैलालीका प्रमुख गोविन्दप्रसाद न्यौपानेले गत आर्थिक वर्ष २०८०\८१ मा कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. ४ खर्ब ७ अर्ब रहने संशोधित अनुमान गरिएको जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ७.०३ प्रतिशत योगदान पुगाउने प्रारम्भीक अनुमान गरिएको छ ।
त्यसैगरी, चालु आर्थिक वर्षमा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३.३२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको र गत आर्थिक वर्षमा ३.२८ प्रतिशत रहने संशोधित अनुमान गरिएको उनले बताए ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३४.७२ प्रतिशत) को रहने र सबैभन्दा कम प्रशासनिक तथा सहयोगी सेवा क्षेत्र (०.१३ प्रतिशत) को रहने प्रारम्भिक अनुमान रहेको प्रस्तुत तथ्यांकमा उल्लेख छ ।
यस प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्षका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँस क्षेत्र (८.७३ प्रतिशत) को र सबैभन्दा कम शिक्षा क्षेत्र (१.८० प्रतिशत) को हुने प्रारम्भिक अनुमान गरिएको जनाइएको छ ।
धनगढीमा आयोजित कार्यक्रममा तथ्याकं समन्वय कार्यालय कैलालीका प्रमुख गोबिन्द न्यौपानेले प्रस्तुत गरेको तथ्याकं अनुसार राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपनमा सबैभन्दा बढी बृद्धिदर गण्डकी प्रदेशमा हुने छ । गण्डकी प्रदेशमा ५ दशमलव ५१ प्रतिशतले आर्थकि बृद्धि हुने छ । त्यस पछि बागमती प्रदेशमा ५ दशमलव १८ प्रतिशतले बृद्धी हुने छ, भने सुदुरपश्चिम प्रदेशमा सबैभन्दा कम ३ दशमलव ३२ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान गरिएको छ ।
सुदूरपश्चिममा कृषिको अथाह सम्भावना भएपनि त्यसको उपयोग गर्न नसकेकै कारण आर्थिक बृद्धिदरमा बृद्धि हुन नसकेको बिज्ञहरु बताउछन् । कृषीको उत्पादन बढिरहेपनि यसको उपयोग गर्न नसकेकै कारण कृषी क्षेत्रले आर्थिक बृद्धिदर बढाउन नसकेको विज्ञको भनाई छ । सुदूरपश्चिममा उद्योग तथा कलकारखाना नभएकै कारण आर्थिक बृद्धिदरमा पछाडी देखिएको अर्थशास्त्री राजेन्द्र बिर चन्द बताउछन् । सुदूरपश्चिममा उत्पादन भएको कृषी तथा फलफूललाई उद्योग मार्फत प्रसोधन गरेर बजारमा ल्याउन सके मात्रै यहाँको आर्थिक बृद्धिदर बढ्ने उनको भनाई छ । सुदूरपश्चिममा आर्थिक बृद्धिदरमा पछाडी परेको भन्दै प्रदेश सरकारले चिन्ता ब्यक्त गरेको छ । नयाँ आर्थिक बर्षका लागी आउन लागेको निति तथा कार्यक्रम अब आर्थिक बृद्धिदर बढाउने गरी ल्याउने सरकारको दावी छ । एक स्थानीय तह एक कृषी पकेट क्षेत्रका रुपमा निति तथा कार्यक्रम आउने जनाउँदै निति तथा योजना आयोगले अब कृषीको उत्पादन बढाएर आद्योगिक विकासमा समेत जानुपर्ने उल्लेख गरेको छ । आर्थिक बृद्धिदरमा सुदूरपश्चिमलाई माथी उकास्ने किसिमको निति तथा कार्यक्रम आउने निति तथा योजना आयोगका उपाध्यक्ष जिवन रानाले बताइन् ।
अवको सुदूरपश्चिम उत्पादन सगं जोडिने बताउँदै रानाले यहाँको उत्पादनलाई यसै ठाउँमा प्रसोधन गरिनुपर्ने धारणा राखिन् । प्रदेश सरकार सुदूरपश्चिमको आर्थिक बृद्धिद्धर बढाउन आवश्यक कार्यक्रम निति तथा कार्यक्रममै समावेश गर्न लागेको रानाले बताइन् । सुदूरपश्चिममा भएका उद्योग समेत धमाधम बन्द भइरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.