गोदावरी नगरमा अत्याधुनिक फोहोरमैला व्यवस्थापन केन्द्रको मन्त्री सिंहद्वारा उद्घाटन

अत्तरिया, २२ जेठ : गोदावरी नगरपालिका वडा नं. ३ चौकीडाँडा सामुदायिक वन क्षेत्रमा फोहोरमैला व्यवस्थापन केन्द्रको नेपाल सरकारका उप–प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन ।
एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदान सहयोग र नेपाल सरकारको सहकार्यमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय, धनगढीको संयोजनमा केन्द्रको निर्माण गरिएको हो । यसको कुल लागत ५१ करोड ६९ लाख ७४ हजार ४ सय ९९ रुपैयाँ रहेको यस परियोजनामा ७५ प्रतिशत रकम एडिबीको ऋण अनुदानबाट र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानीबाट पूरा गरिएको हो ।
उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले अब यो ठूलो परियोजना निर्माण सम्पन्न भएको र यसलाई संचालन गर्ने मुख्य जिम्मेवारी गोदावरी नगरपालिकाको रहने बताए । उनले ठूलो लगानी भएको अब यसको सदुपयोग गर्नुपर्ने उल्लेख गरे ।
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का चिनको सिचुवान प्रोभेन्सियल जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सलाई दिइएको थियो । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहनेछ । उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने सम्झौता गरिएको छ ।
अपरेसन इन्चार्ज आचार्यका अनुसार, केन्द्रमा संकलित फोहोरलाई वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरिनेछ भने रिसाइकल गर्न सकिने फोहोरलाई कवाडीमा बिक्री गरिनेछ । यसबाट वातावरणीय प्रदूषण न्यूनीकरण हुने र स्थानीय कृषकलाई जैविक मल प्राप्त हुने अपेक्षा गरिएको छ ।
स्थानीय रोजगारीलाई प्राथमिकता दिँदै केन्द्रमा ४० जना भन्दा बढी स्थानीयलाई योग्यता अनुसार रोजगारी प्रदान गरिने छ । परियोजनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्थानीय आर्थिक गतिविधिमा टेवा पु¥याउने विश्वास गरिएको छ । फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने फोहोरमैलाको वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट मलखाद बनाउनुका साथै नकुहिने, तर पुनः प्रयोग गर्न सकिने बस्तु प्रशोधन गरिने भएकाले फोहोरमैला व्यवस्थापन केन्द्र आम्दानीको स्रोतसमेत बन्ने महराको भनाई छ । कुहिने फोहोर तथा दिसाजन्य वस्तुबाट मलखाद उत्पादन गरिनेछ । संकलित फोहोरमैलाबाट अहिले पनि कम्पनीले केहि मात्रामा आम्दानी गर्ने गरेको छ । गोदावरी नगरको केन्द्र अत्तरियामा फोहोर व्यवस्थापन नभएको भन्दै आलोचना हुने गरेको छ ।
फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने फोहोरमैलाको वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट मलखाद बनाउनुका साथै नकुहिने, तर पुनःप्रयोग गर्न सकिने बस्तु प्रशोधन गरिने भएकाले फोहोरमैला व्यवस्थापन केन्द्र आम्दानीको स्रोत समेत गोदावरी नगरपालिकाका नगरप्रमुख भट्टको भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.