Agni Offset Press

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना

Aarati simant

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना गरिएकोे छ । जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमको सहकार्यमा धनगढीमा शनिबार ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न भएको हो ।

डोटीको जोरायल गाँउपालिकाका अध्यक्ष एवम् सुदूपश्चिम गाँउपालिका संघका अध्यक्ष दुर्गादत्त ओझाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको हो । कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारको सहभागिता रहेको थियो ।
कार्यक्रममा अभिनेता पुष्प खड्का, अभिनेत्री उपासना सिंह ठकुरी, डेउडा गायक नरेन्द्रराज रेग्मीलगायत कलाकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती तथा सिनेमा र समाजबीचको सम्बन्धबारे गहिरो छलफल गरिएकोे छ । कार्यक्रमले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने, सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने तथा नेपाली सिनेमा र संस्कृति विस्तारमा भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.