असार : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२\८३ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । संविधानले व्यवस्था गरे अनुसार प्रदेश सरकारले सभामा वार्षिक बजेट प्रस्तुत गर्न लागेको हो । प्रदेश सरकारको बजेट प्रस्तुतिका लागि आइतवार ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए ।
आगामी आर्थिक वर्षको बजेट तयारीको कार्य पूरा भइसकेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । बजेटको सबै काम पूरा भएको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए । यसैबिच, प्रदेश सभामा प्रस्तुतिका लागि आर्थिक मामिला मन्त्री बहादुरसिंह थापालाई शनिबा बजेट वक्तव्य हस्तान्तरण गरिएको छ । मन्त्रालयका सचिव राजेन्द्रकुमार हमालले मन्त्री थापालाई बजेट वक्तव्य हस्तान्तरण गरेका छन् ।
प्रदेश सरकारले प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यका क्रमशः पाँच र तीन करोडको योजना बजेटमा समावेश गर्ने गरी सम्बोधन गरेको छ । आगामी आर्थिक वर्ष २०८२\८३ को बजेटमा प्रत्यक्ष र समानुपति प्रदेश सभा सदस्यका क्रमशः पाँच र तीन करोड कार्यक्रम समावेश गरेर बजेट बनेको उल्लेख गरेका छन ।
सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्यले प्रदेश सरकारले सबैलाई सामान रूपले हेर्नुपर्ने सदनमै आवाज उठाएका थिए । तर, समानुपातिकलाई पाँच करोड हुन नसकेको नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकसमेत रहनु भएकी समानुपातिक प्रदेश सभा सदस्य इन्दिरा गिरीले बतइन ।
“सरकारको निर्णयलाई चित्त बुझाउनै प¥यो”, उनले भनिन, “हामी समानुपातिकले त सांसदलाई यत्तिमा सिमित राख्नुहुँदैन र यस्तो बजेट राख्नुहुँदैन भन्ने आवाज उठाएका थियौं ।” एउटै सडक बनाउन दुई, तीन करोड रुपियाँ आवश्यक पर्ने भएकाले सरकारले प्रदेशसभा सदस्यलाई यत्तिमा सिमित राख्नुभन्दा ठुला कार्यक्रमहरू अगाडि बढाउनुपर्ने गिरीको भनाइ छ । उनले पाँच करोड, तीन करोड रुपियाँले जनताको माग, मुद्दा सम्बोधन नहुने जिकिर गरिन् । प्रदेशसभा सदस्यलाई तोकिएको रकम बराबर हुने गरी प्रदेशसभा सदस्यले भौतिक विकास, सामाजिक विकास, बाटाघाटा निर्माण लगायतका योजनाहरू समावेश गरिएका जनाइएको छ । विगतमा सांसद् विकास कोष नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमअन्तर्गत सांसदहरूलाई बजेट दिइन्थ्यो । त्यस कार्यक्रमअन्तर्गत सांसदले मनपरी ढङ्गले योजना राख्ने गरेको भन्दै कार्यक्रम बदनाम बनेको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आकार बढाएर बजेट ल्याउने तयारी गरेको बुझिएको छ । आर्थिक वर्ष २०८२÷८३ मा बजेटको आकार बढ्ने नीति तथा योजना आयोगक सदस्य नृपबहादुर सुनारले बताए । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३१ अर्ब ५३ करोड ६६ लाख रुपियाँको बजेट ल्याएको थियो ।
सम्बन्धित पाेस्टहरु