धनगढीमा गाजा र अल्लोबाट बनेका पाईने कपडा पसल, वडा अध्यक्ष खड्काले गरे उद्घाटन

अत्तरिया, १ असार : धनगढीका युवा व्यवसायी सुरज विष्टले नेपालमै उत्पादित गाजा (भागो) र अल्लोबाट बनेका कपडाको व्यवसायी सुरुवात गरेका छन् । धनगढी उपमहानगरपालिका–४ मुख्य बजार (रुबस होटल जाने) सडकको नजिकै उनले व्यवसाय सञ्चालनमा ल्याएका हुन् । आफ्नै देशमा उत्पादिन सामग्रीहरुलाई प्रात्साहन गर्ने उदेश्यसका साथ व्यवसायी सञ्चालन ल्याएका विष्टले बताए ।

पहिले चरणमा ७ देखि ८ लाख रुपैयाँ लगानी गरेर सुरज हेम्प कोल्थ एण्ड कोसेली घर नाम दिएर व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालक सुरज विष्टले बताए । पसलको आईतबार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धिबहादुर खड्काले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष खड्काले आयातित कपडा भन्दा आफ्नै देशमा उत्पादित कपडालाई प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गरे । ‘अर्कोको देशको उत्पादनलाई जहिले प्राथमिकता दिने गरेका छौँ ।’, उनले भने, ‘तर आफ्नै देशको उत्पादनलाई हामीले चिन्न सकेका छैनौँ । स्वदेशमा उत्पादन बस्तु उपभोग गर्नु सबैमा अनुरोध गर्दछु ।’

यस्तै कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका सचिव सुरेश पाण्डेले स्वदेशी उत्पादनलाई सबैले साथ दिन आवश्यक रहेको बताए । यसमा सरकारले समेत साथ दिन आवश्यक रहेको उनले बताए । सञ्चालक सुरज विष्टले तराईका लागि अल्लो र गाँजाबाट बनेका कपडा अति नै उपयोगि भएको बताए । अन्य कपडा भन्दा अल्लो या गाँजाबाट बनेका कपडाहरु टिकाउ पनि हुने उनले बताए । उनले न्यूनतम मुल्यमा खुट्टा देखि टाउको सम्मका सम्पूर्ण कपडाहरु आफ्नो पसलमा उपलब्ध रहेको बताए । कपडाका साथै गाँजाबाट बनेका चियापत्ती, चाउमिन, नुहाउने साबुन र मह समेत उपलब्ध रहेको विष्टले जानकारी दिएका छन् । अल्लो र गाँजाका कपडा एक ठाउँमा पाहिने पसल सुदूरपश्चिम प्रदेशमा पहिलो रहेको उनले बताए । तराईका गर्मीका लागि उपयुक्त भएका हुँदा सम्पूर्णलाई प्रयोग गर्न उनले आग्रह समेत गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.