गोदावरी नगरका वडा नम्बर ३, ४ र ८ मा सडक कालोपत्रेका योजनामा तीन–तीन हजार

अत्तरिया : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले २५ जेठमा पत्रकार सम्मेलन गर्दै २५ लाखभन्दा कम लागतका योजना बजेटमा समावेश नगर्ने र समावेश गर्नै परे ससर्त अनुदानको रूपमा स्थानीय तहलाई हस्तान्तरण गर्ने बताएका थिए । तर, आइतबार प्रदेश सभामा पेस भएको आगामी आर्थिक वर्ष ०८२र०८३ को बजेटमा भने ठिक उल्टो छ । एक हजार रुपैयाँका ८५ योजना समावेश गरिएको छ, जसको स्रोत आन्तरिक कायम गरिएको छ । प्रदेश सरकारको वार्षिक कार्यक्रम पुस्तिकामा कालोपत्रे सडक, कल्भर्ट, सिँचाइलगायतका योजनामा एक हजारदेखि ६ हजार रुपैयाँसम्म पनि बजेट विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका निकायमा एक हजारदेखि ६ हजार रुपैयाँ बजेट विनियोजन गरिएका पूर्वाधार निर्माणका योजनाको संख्या एक सय १३ छ । प्रदेश गौरवका सडक आयोजनामा समेत हजार रुपैयाँ बजेट विनयोजन गरिएको छ ।

कैलालीमा प्रदेश गौरवको भजनी–छोटीभन्सार–खिमडी–ठूलीगाड सडक योजनामा एक हजार रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार ६० किलोमिटर सडकको साढे तीन किलोमिटर मात्र कालोपत्रे सकिएको छ । थप सडक निर्माणको ठेक्का लागेको छैन । कञ्चनपुरमा प्रदेश गौरवको दोमिल्ला–नाईल सडकको कलुवापुर–चितौरा खण्डका लागि एक हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका–६, स्थित रानीवन–धैलानालामा डिपिआरसहित पक्की पुल निर्माण, लम्कीचुहा नगरपालिकाको सुतैयादेखि तिघरी जोड्ने नालामा पुल निर्माण तथा बैतडीको डिलासैनी गाउँपालिका–६, मा सिँचाइ लिफ्टिङ ट्यांकी निर्माणको योजनामा एकरएक हजार रुपैयाँ विनियोजन गरिएको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, स्थित मटेला सिँचाइ योजना, अछामको मिर्केगडा सिँचाइ योजनामा एकरएक हजार बजेट छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३, ४ र ८ मा सडक कालोपत्रेका योजनामा तीनरतीन हजार विनियोजन गरिएको छ ।

भौतिक मन्त्रालयका सचिव प्रेमदत्त भट्टले बजेटको स्रोतको व्यवस्थापन नहुँदै सिस्टममा इन्ट्री गरेका योजना पछि हटाउन नपाउँदा हजारका योजना बजेटमा परेको जिकिर गरे । ‘माग भएर आएका योजनामा पैसाको स्रोत जुटेपछि राखौँला भनेर इन्ट्री गर्‍यौँ तर पछि स्रोत भएन,’उनले भने, ‘स्रोत नजुटेपछि बजेट नराखिएका योजना काट्नु पर्थ्यो । बजेट ‘इन्ट्री’गर्ने ‘सिस्टम लक‘भएर काट्न पाएनौँ ।’
आगामी आर्थिक वर्षमा सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयको बजेट १५ अर्ब ४० करोड ३० लाख १७ हजार छ, जुन गत वर्षको तुलनामा झण्डै ८० करोड बढी हो । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आइतबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजारको बजेट पेस गरेका थिए ।
कञ्चनपुर दुर्गा भवानी जाने बाटो आरसिसी (भीमदत्त नगरपालिका) । पूर्वपश्चिम राजमार्गदेखि कृष्ण मावि जाने बाटो निर्माण (कृष्णपुर) । माछापालन चोकदेखि दक्षिण खेलमैदानसम्म सडक निर्माण (कृष्णपुर) । बोकटी टोल–गुरुङ टोल हुँदै गुल्मेली टोल सडक निर्माण (दोधाराचाँदनी) । पूर्णागिरी टोलको सडक स्तरोन्नति (भीमदत्त नगरपालिका) । कलुवापुर–चितौरा खण्डमा नाली निर्माण ९बेलौरी० । डाउना होटेलदेखि दक्षिण नथजीको घर हुँदै पूर्व ढल निकाससहित कालोपत्रे (बेदकोट) । वडा कार्यालय चोकदेखि सेतो वुल हुँदै जनजागृति आविसम्म कालोपत्रे (कृष्णपुर) । बेलौरी भन्सारदेखि चाददेव सडक कालोपत्रे (बेलौरी) । ग्रिनपिस टोलको १ नम्बर गल्ली कालोपत्रे (भीमदत्त नगरपालिका) । आनन्द मार्ग सडक निर्माण (भीमदत्त नगरपालिका) । पत्थरपुर नालामा कल्भर्ट (भीमदत्त नगरपालिका) । पोल्खरी झलेखोलामा पक्की पुल (वेदकोट) । स्याली नदीमा पक्की पुल (शुक्लाफाँटा) । घरकटुवा खोलामा कल्भर्ट र पुल निर्माण (शुक्लाफाँटा) । भुजेला खोलामा पुल निर्माण (भीमदत्त नगरपालिका) । गहताडी खोलामा पुल निर्माण (भीमदत्त नगरपालिका), झट्टले खोलामा पुल (बेतकोट)

कैलालीमा खानेपानी हुँदै दीपेन्द्र माविदेखि सफल सुदूरपश्चिम एकेडेमीसम्मको सडक कालोपत्रे (लम्की) । सुन्दरटोल कल्भर्ट निर्माण (सुखड) । पृथ्वीपुर भन्सारदेखि भजनी बजार हुँदै सुखडसम्म सडक स्तरोन्नति । पिपलबोटदेखि मंगल भुलको घरसम्म सडक कालोपत्रे (लम्कीचुहा) । रानीवन घैलानालामा पक्की पुल निर्माण (बर्दगोरिया) । सुतैयादेखि तिघरी जोड्ने पक्की पुल (लम्कीचुहा) । गोदावरी नगरपालिका वडा नम्बर ३, ४ र ८ मा सडक कालोपत्रे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.