गौरीगंगा नगरमा साना, टुक्रे अनुत्पादनशील आयोजना कार्यक्रमलाई निरुत्साहित गर्ने नीति

अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिकाले साना, टुक्रे अनुत्पादनशील आयोजना कार्यक्रमलाई निरुत्साहित गर्ने नीति अवलम्बन गरिएको छ । मंगलबार आगामि आर्थिक बर्ष २०८२\०८३ को बजेट सार्वजनिक गर्दै उप–प्रमुख भोजराज वमले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । उनले प्रस्तुत गरेको बजेटमा उच्च आर्थिक र सामाजिक लाभ दिने, रोजगार सिर्जना र पुँजी निर्माणमा योगदान पु¥याउने रुपान्तरणकारी आयोजनालाई प्राथमिकता दिने बताएका छन् ।
नगरपालिकाको उत्पादिन तथा उत्पादकत्व अभिवृद्धि उद्यमशीलता प्रवद्र्धन, रोजगरा सिर्जना भई गरिवी निवारणमा टेवा वञ्चितकरणको न्यूनीकरण, दिगो पूर्वाकार विकास र सुशासन वृद्धिमा अहम भूमिका खेल्ने अपेक्षा गरिएको उप–प्रमुख वमले बताएका छन् । उनले आगामि आर्थिक बर्षका लागि आय–व्यय सहितको एक अर्ब र एक करोड ७६ लाख ३३ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेट मंगलबार नै नगरसभाबाट सर्वसम्मत रुपमा पारित गरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.