गोदावरी नगरमा एसईईको नतिजा : सामुदायिकतर्फ घण्टेश्वर मावि उत्कृष्ट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अन्तरगत शैक्षिक सत्र २०८१\८२ को एसईईमा अत्तरियाको घण्टेश्वर माविले पालिका भरमै उत्कृष्ट नतिजा हाँसिल गरेको छ । वडा नम्बर १ मा रहेको घण्टेशवर माविले सामुदायिकतर्फ उत्कृष्ट नतिजा हाँसिल गरेको हो ।

गोदावरी नगरपालिकाको शिक्षा शाखाका अनुसार ७७ दशमलव ३६ प्रतिशत प्रतिशत नतिजा ल्याएको छ । विद्यालयबाट २०८१ को एसईईमा ५३ जना विद्यार्थी सहभागी भएकोमा ४१ जना उत्तिर्ण भएका छन् ।
त्यस्तै पालिकामै सरस्वती मावि सेहरीले दोस्रो स्थान हाँसिल गरेको छ । सरस्वती माविले ७३ दशमलव ४२ प्रतिशत नतिजा हाँसिल गरेको छ । उक्त विदालयले ७९ जना एसईईमा सहभागी भएकोमा ५८ जना उत्तिर्ण भएका छन् । त्यस्तै पालिका भरमै स्याउलेमा रहेको दुर्गाज्योती सेकेन्डरीले उत्कृष्ट नतिजा हाँसिल गरेको छ । उत्त विद्यालयबाट २३ जना एसईईमा सहभागी भएकोमा २२ जना उक्तिर्ण भएका हुन् ।

त्यस्तै दोस्रोमा वडा नम्बर ५ को ब्राइन स्टार एकेडेमीले उत्कृष्ट नतिजा हाँसिल गरेको छ । ब्राइन स्टारले ९४ दशमलव १२ प्रतिशत नतिजा हात पारेको छ ।

समग्रमा गोदावरी नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयले ७७ दशमलव ३० प्रतिशत नतिजा हाँसिल गरेका छन् । एसईईको नतिजा शुक्रबार सार्वजनिक भएको थियो । गोदावरी नगरमा रहेका संस्थागत विद्यालय तर्फ शैक्षिक सत्र २०८० मा्र ६७.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा शैक्षिक सत्र २०८१ मा १८ विद्यालयका ७७.३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको छन ।
शैक्षिक सत्र २०८० मा ७०६ विद्यार्थी सहभागी भएकोमा ४७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०८१ मा संस्थागत विद्यालयबाट ६९६ विद्यार्थी सहभागी भएकोमा ७७।३० अर्थात् ५३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा सबैभन्दा धेरै दुर्गाज्योती स्याउलेका ९५.६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । दुर्गाज्योतीबाट १७ जना विद्यार्थी सहभागी भएकोमा १६ जना उत्तीर्ण भएका छन् भने सबैभन्दा कम मोहना मल्टेश्वरी एकेडेमीबाट २६ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा ८ जना अर्थात् ३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै संस्थागत तर्फ सबैभन्दा धेरै विद्यार्थी रहेको सैनिक आवासीय विद्यालयबाट १०३ विद्यार्थी सहभागी भएकोमा ९६ अर्थात् ९३.२० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै सत्यवती एकेडेमीबाट ८३ विद्यार्थीले एसइई दिएकोमा ७५ अर्थात् ९०.३६ प्रतिशत र लोटस आई बोर्डिङ स्कुलबाट ७६ विद्यार्थीले एसइई दिएकोमा ६० अर्थात् ७८.९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शैक्षिक सत्र २०८१ को एसइईमा कैलालीमा ४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने सुदूरपश्चिममा ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । देशभरमा भने ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । देशभर नियमिततर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २ सय ९९ जना उत्तीर्ण भएका थिए । देशभर उत्तीर्ण दर गत वर्षको भन्दा १३.९४ प्रतिशतले बढेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.