अत्तरियाको सुप समावेशी आधारभूत विद्यालय डुबानमा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर९ २ अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालय डुबानमा परेको छ । गएराती देखि परेको निरन्तरको वर्षाले विद्यालय डुबानमा परेको हो । उक्त विद्यालयमा अपाङ्गता भएका बालबालिकाहरु आवासिय रुपमा अध्ययन गर्दै आइरहेका छन् ।

अपाङ्गता भएका बालबालिकाहरु भएको हुँदा सार्न समेत समस्या भइरहेको विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष मान बहादुर साउँदले बताएका छन् । अहिले गोदावरी नगरपालिका र इलाका प्रहरी कार्यालय मालाखेतीलाई खबर गरिएको उनले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.