ओलानीमा सर्पले टोकेर ४३ बर्षीय पुरुषको मृत्यु

अत्तरिया : कैलालीको ओलानीमा सर्पले टोकेर एक पुरुषको मृत्यु भएको छ । सोमबार बिहान सर्पले टोकेर गोदावरी नगरपालिका –१२ ओलानीका ४३ वर्षीय राम बहादुर बुढाको मृत्यु भएको हो ।
आफ्नै घरको अगाडि सर्पले टोकेर घाइते भएका बुढाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा आज दिउँसो २ः३५ मा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.