Agni Offset Press

केराखेतीबाट वार्षिक १० लाख आम्दानी

Aarati simant

अत्तरिया : ‘२० वर्ष विदेशमै पसिना बगाए, जति मेहनत गर्दा पनि प्रतिफल शून्य हुन थाल्यो, कोरोना समयमा घर आए । विदेश जानुभन्दा आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने सोच पलायो । अहिले म केराखेतीमा जमेको छु’ यो भनाइ हो कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी ‘एचगाँउ’का पुष्पराज भण्डारीको ।
उनले डेढ विघा जमिनमा केरा खेती गर्दै आएको बताए । उनले भने ‘सुरुमा करिव ४ लाख लगानीमा १० कठ्ठा जमिनमा केराखेती गर्दै आएको थिए । पछि राम्रै आम्दानी हुन थालेपछि करिब डेढ विघा जमिनमा केराखेती गरिरेहको छु ।’
भण्डारीले भने ‘केराखतीबाट राम्रै आम्दानी हुन्छ । वार्षिक १५ लाखका केरा बिक्री गर्छु । वार्षिक १० लाखसम्म बचत हुन्छ । ६ जनाको परिवार छ । घरखर्च, बालबच्चाको पढाइलेखाइ खर्च यसैबाट चलाएको छु । बचत पनि गरेको छु ।’
बजारको समस्या नहुने तथा उत्पादन भएको सबै केरा खपत हुने गरेको उनको भनाइ छ । उनले भने ‘केरा बढी उत्पादन भए धनगढी बजार लगायत आसपासका बजारमा लगेर बिक्री गर्छु । कम उत्पादन भएको बेला आफ्नै ठेलामा राखेर बिक्री गर्ने गरेको छु ।’
केरा बाह्रै महिना उत्पादन हुने गरेको बताउँदै भण्डारीले भने ‘जेठ, असार महिनामा कम उत्पादन हुन्छ । अरु महिना राम्रै हुन्छ ।’
उनले केराखेतीसँगै धानखेती पनि गर्दै आएको बताए । उनले भने ‘दुई बिगाहा जमिनमा धान खेती पनि लगाउने गरेको छु । आफ्नै नेपालमा जति मेहनत गर्दा पनि हुन्छ । धानको सिजन पछि धनिया, लसुन पनि लगाउने गरेको छु । लसुन १५ क्विन्टल जति फलाउँछु । धनिया दुई क्विन्टल उत्पादन हुन्छ । यसबाट पनि वार्षिक राम्रै कमाइ हुन्छ ।’
सरकारबाट भने किसानलाई सहयोग नभएको उनले गुनासो छ । उनले भने ‘संघ, प्रदेश, स्थानीय सरकारले किसानलाई नहेरेको अवस्था छ । मल अनुदानमा त परै जाओस् पैँसा तिरेर पनि नपाउने अवस्था छ । भारतबाट ल्याउँदा पनि समस्या हुन्छ । मल किनेर पनि पाइँदैन यो चाही किसानलाई दुःखको अवस्था हो ।’
उनले भने ‘अनुदानमा मल नपाए पनि पैँसा तिरेर पाएको भए हामी धेरै खुशी हुने थियौँ । यसमा सरकारको ध्यान जान आवश्यक छ ।’

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.