अत्तरिया : देवहरिया वनस्पती उद्यान केन्द्र कैलालीले लक्ष्य भन्दा जडिबुटीका विरुवा वितरण गरेको छ । ५० हजारका जडिबुटीका विरुवा उत्पादन गर्ने लक्ष्य भएपनि उद्यानले सो भन्दा बढी विरुवा वितरण गरेको हो ।
गत आर्थिक बर्षको असार मसान्त सम्ममा ८१ हजार २ सय ४२ विरुवा वितरण गरेको देवहरिया वनस्पती उद्यान केन्द्रका प्रमुख गंगादत्त भट्टले बताए । गत वर्षको साउन महिनामा २३ हजार २ सय ५१, भदौमा ११ हजार ३ सय १९, असोजमा १७ हजार १ सय १३, कार्तिकमा ३ हजार ६ सय ५६ विरुवा वितरण गरेको उनले बताए ।
उनले मंसिरमा १ सय ५४, पुसमा २ सय २३ माघमा २ सय १३, फाल्गुनमा १ सय ४४ विरुवा वितरण गरेको बताए । त्यस्तै चैत्रमा ३ हजाार ५० बैशाखमा १ सय ४८, जेठमा २ सय ९० र असारमा २१ हजार ६ सय ८१ विरुवा वितरण गरेको उनको भनाई छ ।
कुरिलो, चिउरो, निम, तेजपात, सितलचिनी, मोरङ्गाका विरुवा वितरण गरेको उनले बताए । कुरिलोका २५ हजार बोटा वितरण भईसकेको उनले बताए । ‘हामी निःशुल्क वितरण गर्छौ’, उनले भने, ‘कमबोटा लिने र ठूलो परिणाममा लिने मानिसका लागि मापदण्ड बनाएका छौँ सोही आधारमा बितरण गर्दछौँ ।’
व्यवसायिक जडीबुटी खेती गर्ने ईच्छुक मानिसले बोटा लिन चाह्यो भने वडाको सिफारिस निवेदन र लालपुर्जाको फोटोकपी चाहिने हुन्छ, थोरैका लागि व्यक्तिगत बिबरणको फाराम भरेर लिन सक्ने व्यवस्था रहेको उनले जानकारी दिए । ‘जडिबुटी खेती बिस्तार सम्बन्धि तालिम दिने गरेका पनि छौ’, उनले भने । ‘हामीले यो बर्ष कैलालीको चुरे गाउँपालिका–३ र ४ मा २५ जनालाई दिएको हो ।’
तालिम दिएका क्षेत्रको जडिबुटीको अवस्था के छ, खेती के गर्न सकिन्छ ? अध्ययनपछि मात्र तालिमको तय हुने गरेको उनले बताएका छन । गत आर्थिक बर्षमा बाजुराको बुढिगंगा २९ र अछामको मेल्लेखमा ६० जनालाई तालिम दिएको उनले बताए । यि क्षेत्रमा रिठाको उत्पादन हुन्छ, अछामको रामारोशनमा सतुवा, दालेचुक उत्पादन हुन्छ सोहीलाई आधार बनाएर तालिम दिने गरिएको छ । चिउरी बोटको महत्व धेरै छ ७ हजार ९ सय बिरुवा चुरेमा बितरण भएको उनले बताए । चुरेको धुरासल्लेरी सामुदायिक वन उपभोतmा समुहले १ हजार ६ सय बिरुवा रोपेको छ । त्यस्तै अन्य ४ वटा सामुदयिक वनले गरी ७ हजार ९ सय बिरुवा रोपिएको उनले बताए । यसवाट मह उत्पादनमा सहजीकरण हुने नै भयो दानाबाट घ्यू उत्पादन पनि हुनुको साथै रोजगारीको अवसर पनि प्राप्त हुने उनले बताए । समुह सहकारीलाई अनुदानको व्यवस्था पनि गरिएको उनले बताए । राम्रो गर्ने सहकारीलाई १५ लाख अनुदानको व्यबस्था गरिएको उनले बताए । यसपाली चुरेका दुई वटा समुह सहकारीलाई अनुदान दिएको उनको भनाई छ ।
सम्बन्धित पाेस्टहरु