एक तोला सुनको मूल्य दुई लाख नजिक

काठमाडौं : नेपाली बजारमा एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको छ । नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य १ लाख ९७ हजार ६०० सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो सातादेखि सुन–चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा छ ।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज प्रतितोला चाँदी २ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार एक तोला चाँदीको भाउ २ हजार ३२० रुपैयाँ पुगेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.