अत्तरिया : प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीस्थित राष्ट्रिय गौरवको रानी जमर कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गरेका छन । उनले रानी जमरा कुलरिया सिचाई आयोजना तर्फको १४ हजार ३ सय हेक्टर सिँचाइ योजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गरेको हो ।
आजै प्रधानमन्त्री ओलीले कर्णाली चिसापानीमा रहेको रानी जमरा कुलरिया सिचाई आयोजनाको मूल इन्टेकको स्थलगत निरीक्षण गरेका छन । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा ३८ हजार ३ सय हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाई सुविधा पुर्याउने लक्ष्यसहित पहिलो चरणमा सिचाइ आयोजनाको निर्माण कार्य पूरा भएको छ । आयोजनाको निर्माण लागत करिब २७ अर्ब ७० करोड २४ लाख अनुमान गरिएको छ ।
पहिलो चरणको १४ हजार ३ सय हेक्टर सिचाई आयोजना सम्पन्न भएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणको निर्माण कार्य आगामी आर्थिक वर्ष २०८५\०८६ मा पूरा गर्ने सरकारी लक्ष्य रहेको छ । सिचाई आयोजना अन्तरगत हालसम्म १४ हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने र ४ दशमलव ७१ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।
समारोहमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ, मुख्यमन्त्री कमल बहादुर शाह, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का लगायतको उपस्थिति रहेको थियो । हालसम्म सिचाइ आयोजनाको भौतिक प्रगति ७४ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ६९ दशमलव ५५ प्रतिशत रहेको छ ।
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण कार्य पूरा भएपछि कैलालीका किसान हर्षित भएका छन् ।