दार्चुलामा डेंगु सङ्क्रमण पुष्टि

दार्चुला : दार्चुलामा एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका बाँकेको कोहलपुरका ३९ वर्षीय पुरुषलाई चेकजाँच गर्दा डेंगु सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०८२र८३ मा दार्चुलामा पहिलो पटक डेंगु पुष्टि भएको उनले बताए । वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ र असोजमा डेंगुको सङ्क्रमण देखिने उनले जानकारी दिए । डेंगु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । डेंगु सङ्क्रमण गर्ने लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने भएकाले आफ्नो घर वरिपरी पानी जम्न नदिन, पूरै शरिर ढाक्ने कपडा लगाउने र सुत्दा झुलको प्रयोग गर्न उनले सुझाव समेत दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.