अत्तरिया : कैलाली र दार्चुलामा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । कैलालीको जानकी गाउँपालिका–१ सुवर्णपुरबाट तीन जना व्यक्तिलाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
बिहीबार साँझ ७ बजे इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले ४५ वर्षीय अमित शाह, ४४ वर्षीय नारायण शाह र २२ वर्षीय आशिष शाहलाई पक्राउ गरिएको छ । शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित पाेस्टहरु