काँग्रेस गोदावरी नगर कार्य समितिको तीज विशेष तथा दर खाने कार्यक्रम

अत्तरिया : नेपाली काँग्रेस गोदावरी नगर कार्य समितिले तीज विशेष दर खाने कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको व्यवस्थापन महिला संघ गोदावरी नगर कार्य समितिले गरेको थियो ।
कार्यक्रम सभापति लक्ष्मी भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद तुलसी देवकोटा रहेका थिईन । यस्तै कार्यक्रमा विशिष्ट अतिथि काग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति बसन्त रोकाया ललित, प्रदेश ख का सभापति तथा वाडा नम्बर १ अध्यक्ष नगर प्रवक्ता गोपाल दत्त भट्ट, गोदावरी नगर कार्यसमिति सभापति वीरबहादुर चोखाल लगायत रहेका थिए । कार्यक्रममा महिलाहरुले नाचगान गर्नुका साथै दर समेत खाएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.