एकता प्रगतिशीलको तिज विशेष कार्यक्रम सप्पन्न

बनबेहडा : एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.बनबेहडा शाखा द्वारा हरितालिका तिजको अवसरमा सुभकामना तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाकी शाखा महिला सदस्य कृष्णा खडका को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य बाटुदेबी विक, विशिस्ट अतिथिमा संस्थाका केन्द्रीय अध्यक्ष सुरतबहादुर बोगटी र हेमा श्री फाउन्डेसन नेपाल कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) रहेका थिए । कार्यक्रममा सामजिक अभियन्ता लछ्मी बोगटी कुँवर, आधारभूत स्वास्थ केन्द्र प्रमुख गणेश राज उपाध्याय, प्रतिभा महिला समूह अध्यक्ष बिमला बम कुँवर लगायतको उपस्थिति रहेको थियो ।
तिज विशेष कार्यक्रममा बोल्ने बक्ताहरुले उपस्थित सहभागीहरु लाई तिजको सुभकामना ब्यक्त गर्दै यस्ता कार्यक्रमले आफ्नो संस्कृतिको निरन्तरताका लागि सहयोग पुग्ने बताए । सोही अवसरमा महिलाहरु द्वारा सांस्कृतिक एबंम मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
स्थापनाकाल देखि महिलाहरुको क्षेत्रमा काम गर्दै आएको सहकारी संस्थाले महिलाहरु लाई विभिन्न सीपमुलक तालिम,महिलाको नेतृत्व बिकास सम्बन्धि तालिम,सहकारी शिक्षा तालिम लगायतका काम गर्दै आएको छ । संस्थाकी राधा वलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन शाखा प्रमुख चक्रजित रावलले गरेका हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.