अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिका ३, चटकपुरमा रहेको माया मेट्रो अस्पताल प्रालि र बडेहा बिजौरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बीच उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौता अनुसार समितिका उपभोक्ता सदस्य तथा परिवारका सदस्यहरूले अस्पतालमा उपचार गर्दा विभिन्न सेवामा छुट पाउनेछन् । सम्झौतामा अस्पतालका अध्यक्ष धिरेन्द्र सावद र समितिका अध्यक्ष चेतराज पन्तबीच हस्ताक्षर गरिएको हो ।
जस अनुसार ल्याबमा २० प्रतिशत ,सामान्य बेडमा २० प्रतिशत सम्म,आईसीयू, एनआईसीयू र क्याबिनमा १५ प्रतिशत सम्म, टीएमटी\एबीपी\होल्टरमा १५ प्रतिशत सम्म, युएसजी, ईको, एन्डोस्कोपीमा १० प्रतिशत सम्म, सिटी स्क्यानमा १० प्रतिशत सम्म, फार्मेसीमा ७.५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको हो। यस्तै अपरेसन थिएटरमा ७.५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको हो। सम्झौतापत्र प्रत्येक दुई वर्षमा नवीकरण गर्नुपर्ने उल्लेख गरिएको छ । माया मेट्रो अस्पताल सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।