बुढीगंगा नदीमा माछा मार्न गएका युवकको बगाएर मृत्यु

बाजुरा :  बाजुरा बडीमालिका नगरपालिका–२ का २२ वर्षीय हिमाल महतको नदीले बगाएर मृत्यु भएको छ । माछा मार्न गएका महतलाई बुढिगंगा नदीमा बगेर मृत्यु भएको हो ।

माछा मार्न गएका महत साझँ सम्म पनि घर नफर्केपछि आफन्तले प्रहरीलाई जानकारी गराएको थियो । जानकारी पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टालीले खोजी गर्दा उनको शव बगाएको ठाउँबाट करिव ३ किलोमिटर तल बिरेखोला नजिकै आज बिहान फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.