अछाम : अछाममा त्रिपाल टाँगी सुतिरहेको अवस्थामा पहिरोमा परि दुई जनाको मृत्यु भएको छ । उनी छाउ बारेर पालमुनी सुतेकी थिईन । महिला र बालिकाको ढुङ्गा लागेर मृत्युअछामको पंचदेवल विनायक नगरपालिका-८ बारलामा सुतेको समयमा ढुंगाले लागेर दुई जनाको मृत्यु भएको हो ।
शुक्रबार विहान करिव ५ बजेको समयमा सेलापानीस्थित चुरखोली टोलमा पहिरोसँगै खसेको ढुंगा लागेर ३५ वर्षीय निम खनाल र मंगलसेन नगरपालिका -६ की ७ वर्षीय कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूसँगै सुतेकी कविताकी आमा रत्ना भण्डारी घाइते भएकी छिन् । उनलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको प्रहरीले जनाएको छ।
निम र रत्ना दुबै महिला महिनावारी भएको समयमा घरदेखि टाढा खेतबारीमा त्रिपाल टाँगेर सुतेको अवस्थामा घटना भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले बताए। कविता आमासँगै सुत्न गएकी थिइन् । गाउँमाथिको भीरबाट ढुंगा त्रिपालमाथि खसेको शाहीले बताए। भण्डारी परिवारको स्थायी ठेगाना मंगलसेन नगरपालिका वडा नं ६ रहेको बुझिएको छ। उनीहरू केही महिना पहिले मात्रै ससुराली गाउँमा गएर बसेको बुझिएको वडा अध्यक्ष शाहीले बताए।