अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१, शान्तिटोल निवासी १५ वर्षीया अस्मिता साउँद हराइकी छन् । बिहिबार दिउँसो १२ बजे तिर अत्तरिया बजारतर्फ गएकी तर, घर फर्किन नसकेपछि हराएको परिवारले जानकारी दिएको हो ।
परिवारका अनुसार अस्मिता बिहीबार दिउँसो बजार जान्छु भन्दै घरबाट निस्केकी थिइन् । उनी श्रीदुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा कक्षा १० मा अध्ययनरत छिन् ।
किशोरीको मामाका अनुसार आवश्यक विवरणसहित निवेदन इलाका प्रहरी कार्यालय मालाखेतीमा दिइएको छ । साथै, खोजतलासमा सहयोग पुगोस् भनेर परिवारले अस्मिताको सम्पर्क नम्बर ९८४५८०८८६० सार्वजनिक गरेको छ ।
हराएकी अस्मितालाई भेट्ने वा कुनै जानकारी प्राप्त हुने व्यक्तिलाई नजिकैको प्रहरी कार्यालय वा फोन नम्बर ९८४८४१९८४६ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।
सम्बन्धित पाेस्टहरु