उदयदेव वहुउद्देश्यीय सहकारी संस्था अत्तरिया सेवा केन्द्रको २७ औँ इकाईगत साधारण सभा सम्पन्न

अत्तरिया : केन्द्रीय कार्यालय कञ्चनपुरको महेन्द्रनगर रही विभिन्न क्षेत्रमा सेवा केन्द्र विस्तार गरी सेवा उपलब्ध गराउँदै आइरहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले अत्तरिया सेवा केन्द्रमा २७ औं इकाईगत साधारण सभा सम्पन्न भएको छ । शुक्रबार संस्थाका कोषाध्यक्ष डा. शंकरदत्त भट्टको सभापतित्वमा आयोजित साधारण सभाका प्रमुख अतिथि गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए ।

सभामा प्रमुख अतिथि जोशीले उदयदेव सहकारीले आफ्ना सदस्यहरुलाई सरल तथा सहज तरिकाले सेवा सुविधा प्रदान गर्दै आइरहेको भन्दै प्रसंसा व्यक्त गरे । ‘सबैका लागी एक र एकका लागी सबै भन्नु नै सहकारी हो’ उनले भने । ‘स्थानीय स्तरमा छरिएर रहेको पूंजी, श्रम, शिपलाई केन्द्रित गरी सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न सहज गर्नु नै सहकारीको मुख्य उद्देस्य रहेको छ ।’ उनले एक अब्बल दर्जाको रूपमा उदयदेव बहुउद्देश्यिय सहकारी रहेको बताउँदै आफ्ना सदस्यहरुलाई विभिन्न क्रियाकलापमा सहभागी गराई सीपमूलक तालिम प्रदान गरी सहर्निय कार्य गर्दै आइरहेको बताए ।

प्रमुख अतिथि जोशीले गोदावरी नगरपालिकाले सहकारी संस्था गोदावरी नगरपालिका दर्ता स्वीकृति नदिने निर्णय गरेको जसले स्थानीयहरूले उचित भरपर्दो सहकारी संस्थामा आबद्ध हुन सक्ने ढुक्क पनि रहने उल्लेख गरे । सभामा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष डा. शंकर दत्त भट्टले प्रस्तुत गरेका हुन । भट्टद्वारा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार २०५६ सालमा स्थापना भएको संस्था २६ वर्ष पूरा भई २७ वर्षमा प्रवेश गरेको जसमा हाल २६ हजार २ सय १८ जना शेयर सदस्यहरु रहेका छन् । भने साथै हाल सम्म संस्थाको शेयर पूंजी गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष २०८२ मसान्त सम्ममा ६.७२ प्रतिशतले वृद्धि भई २२ करोड ६ लाख ९५ हजार ५ सय पुगाउन सफल भएको उल्लेख गरिएको छ । संस्थाले पुँजीलाई वृद्धि गर्दै ५० करोड पुगाउने लक्ष्य लिएको छ ।

यस्तै संस्थाको निक्षेप तर्फ यस वर्ष १ अर्ब ९९ करोड ६५ लाख ३२ हजार ६९३ रुपैयाँ बराबरको बचत संकलन गरेको छ । जुन गत वर्षको तुलनामा १२.१२ प्रतिशतले वृद्धि भएको छ । यस्तै संस्थाले यस आर्थिक वर्ष ०८१\०८२ मा १ अर्ब ६३ करोड ३० लाख १७ हजार ४४७ रुपैयाँ ऋणमा लगानी गरेको छ । संस्थाले आर्थिक वर्ष ०८१\०८२ मा २९ करोड ३३ लाख ८१ हजार ६०५ रुपैयाँ बराबरको आम्दानी गरेको छ भने जसमा ३ करोड ७५ लाख ९२ हजार ११७ रुपैयाँ खुद नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै संस्थाले यस वर्ष २ अर्ब ७५ करोड ६० लाख ८९ हजार ३१४ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको छ ।

यस्तै सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले संस्थाको निती, सिद्धान्त कार्यविधि अनुसार संस्था सञ्चालन हुँदै आइरहेको बताउँदै यस संस्थाले सदस्यहरूलाई दिनुपर्ने सुविधाहरु सर्वसुलभ साथै प्रयाप्त रूपमा उपलब्ध गराउँदै आईरहेको बताए । संस्थाले कृषि प्रवद्र्धन केन्द्र मार्फत सदस्यहरूलाई आधुनिक कृषि प्रविधिमा पहुंच पुर्याउन कष्टम ह्यारिङ्ग सेन्टर, बिउ प्रशोधन केन्द्र, प्रशोधन उद्योग राइस मिल मार्फत सदस्यहरूले उत्पादन गरेको खाद्यान्नहरुलाई उचित समर्थन मूल्यमा खरिद गरी उपभोक्ताहरुलाई गुणस्तरीय खाद्यान्न सुलभ मूल्यमा उपलब्ध गराउँदै आईरहेको बताए । संस्थाले सदस्यहरुको बचत फिर्ता माग्यो भने ३ मिनेटमै गर्न सक्ने क्षमता रहेको भन्दै उदयदेव संस्थाको लगानी सीमित सदस्यहरुमा रहेको बताउँदै धेरै सहकारीमा आबद्ध हुनु भन्दा एउटै सहकरीमा आबद्ध हुनुपर्ने औंल्याउँदै उदयदेव सहकारीले सिद्धान्त अनुसार सदस्यहरूलाई चाहेको ऋण सेवा सुविधा उपलब्ध गराउँदै आईरहेको उनले बताए । उनले संस्थाले सदस्यहरुको आवश्यकता सुझावलाई सम्बोधन गरेर उचित कार्य गर्दै आइरहेको जनाएका छन ।

चन्दले सहकारी संस्थाले सरकारको अर्थतन्त्र धान्न समेत विशेष सहयोग पुर्याएको जुन यस संस्थाले ०८१\०८२मा संस्थाले दाखिला गरेको कर विवरण अनुसार २ करोड १५ लाख २३ हजार १७५ रुपैयाँ बराबरको रकम रहेको जनाएको छ । सभामा अत्तरिया सेवा केन्द्रमा आबद्ध दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो । जसमा शान्तिदेवी राना मगर र धन बहादुर सार्कीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै संस्थाले उत्कृष्ट उद्यमी ६ जनालाई सदस्यहरूलाई सम्मान गरिएको थियो । जसमा मिलन राज ओली, कमल कुमार विक, धौले जोशी, कुम्भि देवी कठायत, राधिका भट्ट र दुर्गा प्रसाद चौधरीलाई सम्मान गरिएको थियो। बाल बचत तर्फ सदस्य ललित देवी सार्कीकी छोरी रविना सार्कीलाई झोला कपी, कलम वितरण गरिएको साथै उत्कृष्ट कृषकमा सुन्दर प्रसाद चौधरीलाई सम्मान गरिएको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले कार्यक्रम सञ्चालन गरेको सभामा स्वागत मन्तव्य ऋण समिति संयोजक डा. प्रेम सिंह भाटले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.