प्रधानमन्त्री ओलीलाई मेयर बालेनको आग्रह, लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोला

अत्तरिया : चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले लिपुलेकका विषयमा कुरा राख्न नबिर्सन आग्रह गरेका छन्।

हालै भारत र चीनले नेपाललाई सोध्दै नसोधी नेपाली भूमि लिपुकलेकलाई आफूहरू दुई देशको व्यापारिक मार्ग बनाउने सहमति गरेका छन्। जसप्रति नेपालले गम्भीर आपत्ति जनाइसकेको छ र लगत्तै सुरु भएको प्रधानमन्त्रीको चीन भ्रमणमा यो मुद्दा उठाइने अपेक्षा गरिएको छ।

यसैबीच प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नासाथै मेयर बालेनले सामाजिक सञ्जालमार्फत चीन सरकारलाई लिपुलेक हाम्रो हो भन्ने कुरा सम्झाइदिन अनुरोध गरेका हुन्।

चीन भ्रमणको शुभकामना दिँदै मेयर बालेनले लेखेका छन्, नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत(चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोला। अल द बेस्ट। हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.