८४ को निर्वाचनमा बहुमत ल्याउँछौँ : बामदेव गौतम

अत्तरिया : नेकपा (एकीकृत समाजवादी) का नेता बामदेव गौतमले २०८४ को निर्वाचनमा बहुमत ल्याउने बताएका छन् । शनिबार धनगढीमा आयोजित पार्टीको कैलाली जिल्ला कमिटीको १६ औं विस्तारित बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘८४ को निर्वाचनमा एकीकृत समाजवादी बहुमतमा पुग्छ । यसको सरकार बन्छ । यो मेरो संकल्प हो ।’ उनले आफ्नो संकल्पका कारण देशमा गणतन्त्र आएको जिकिर गरे ।

उनले भने ‘मैले संकल्प गरेर देशमा राजतन्त्र अन्त्य भएर गणतन्त्र आएको हो । एकीकृत समाजवादीलाई बहुमतमा पु¥याउन सबै नेता कार्यकर्ताले संकल्प गर्न आवश्यक छ ।’

उनले आगामी निर्वाचनमा बहुमतमा पुग्नका लागि,एकीकृत समाजवादीको सरकार बनाउनका लागि र नेपालमा रहेको गरिबी समाप्त गर्नका लागि सबै नेता कार्यकर्ताले संकल्प गरेर अगाडि बढ्नुपर्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.