अपि र ल्हायुल हिमाल आरोहण, सुदूरपश्चिमलाई पर्यटन नक्सामा चिनाउने प्रयास

अत्तरिया : दार्चुलाको अपि हिमाल आरोहण र प्रशिक्षणका लागि २० जनाको टोली अत्तरिया हुँदै प्रस्थान गरेको छ। टोलीमा १४ विद्यार्थी र ६ प्रशिक्षक सहभागी छन्।
शनिबार अत्तरियामा नाटा सुदूरपश्चिमले स्वागत तथा विदाइ कार्यक्रम आयोजना गरेको थियो। प्रशिक्षक रामकाजी तिवारीका अनुसार टोलीले अपि बेसक्याम्पमा २१ दिनको तालिम लिनेछ। तालिमपछि ७ जनाले अपि हिमाल आरोहण गर्ने र हालसम्म कसैले नचढेको ६,३९५ मिटर अग्लो ल्हायुल हिमाल आरोहण गर्ने योजना छ।
नाटा सुदूरपश्चिमका संस्थापक मायाप्रकाश भट्टले यस्तो अभियानले सुदूरपश्चिमको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले सरकारले हिमाल आरोहण शुल्क ९रोयल्टी० दुई वर्षका लागि मिनाहा गरेको निर्णयलाई स्वागत गरे।

इउभल अयलाष्नगचबतष्यल यउतष्यलक
यस्तै, गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामीले यस्ता अभियानले सुस्ताएको पर्यटनलाई गति दिने बताए भने अध्यक्ष पदम बिक्रम सिंहले आगामी आरोहीहरूलाई थप उत्साहित बनाउने धारणा राखे। अभियानलाई अपि गाउँपालिका र नेपाल पर्यटन बोर्डले आर्थिक सहयोग गरेको छ। हालै सरकारले कर्णाली र सुदूरपश्चिमका ९७ हिमालमा दुई वर्षका लागि रोयल्टी मिनाहा गर्ने निर्णय गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.