अत्तरिया : कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार रुपेश स्वाँरको प्यानल घोषणा तथा प्रतिवद्धता सार्वजनिक गरिएको छ । यहि भदौ २८ गते निर्वाचन हुँदै छ । स्वार कैलाली उद्योग वाणिज्य संघको पूर्व महासचिव पनि हुन् ।
आज आईतबार धनगढीमा एक कार्यक्रमकाबीच अध्यक्ष पदका उम्मेदवार स्वाँरले प्यानल घोषणा तथा प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
स्वाँरको प्यानबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, वाणिज्य उपाध्यक्षमा राधिकाकुमारी चौधरी, यशोसियट उपाध्यक्षमा अनिलकुमार भुजनिया, बस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, सचिवमा प्रकाशकुमार चन्द र कोषाध्यक्षमा तीलकबहादुर बोहरा रहेका छन ।
त्यस्तै, सदस्यहरुमा रुपेश खड्क, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भरतबहादुर थापा, नेत्रप्रसाद तीवारी, देवराज जोशी, तेज बम, शुभशंकर ठाकुर, दिपक राठोर, अमर चोखाल, प्रमिला पाठक र मञ्जु भट्ट रहेका छन् । स्वाँर प्यानलले १८ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेको छ ।
यस्ता छन् स्वाँर प्यानलका १८ बुँदे प्रतिवद्धता
-व्यवसाय र व्यवसायीको हकहितको लागि कानूनी तथा प्रशानिक समस्याहरूको लागि विशेष पहल ।
– स्टार्ट–अप, इनोभेशन र क्रियशन लगायत नयाँ उद्यमशिल उर्जावान युवा व्यवसायीहरूको लागि कोषमार्फत सहयोग नीति ।
– विपद व्यवस्थापन कोषको स्थापना र सञ्चालन ।
– अस्थायी कोरेन्टाइनलाई स्थायी कोरेन्टाइनका रूपमा स्थापित गराउन पहल ।
– कैलाली उद्योग वाणिज्य संघको विधानलाई आम उद्योगी व्यवसायीहरुको चाहना अनुसार संशोधन र परिमार्जन ।
– बैंक तथा वित्तीय संस्था, कर, भन्सार, बीमा लगायतका हाल विद्यमान समस्याको प्रभावकारी समाधानको लागि ठोस पहल ।
– सीमापार अवैध व्यापार, चोरी निकासी र पैठारीमा कडाईका साथ नियन्त्रणको लागि योजनावद्ध कार्यक्रम सञ्चालन ।
– आयात र निर्यातलाई पारदर्शी, व्यवस्थित र सहज बनाउन सिमा नाकामा हेल्पडेस्क स्थापना ।
– कृषि र गैरकृषि तथा औद्योगिक उत्पादनको वैज्ञानिक बजारीकरणको लागि सरकारी र अन्य सरोकारवालाहरूसंगको समन्वयमा कार्यक्रम सञ्चालन ।
– कैलाली उद्योग बाणिज्य संघका सदस्यहरूको अभिलेखीकरण, नविकरण, नयाँ सदस्यता प्राप्ती सूचना प्रवाह लगायतका कार्यहरुको डिजिटलाइजेशन ।
– संघ, प्रदेश र स्थानीय सरकारका आर्थिक, व्यापारिक, औद्योगिक नीति व्यवसायमैत्री बनाउन पहल ।
– धनगढी लगायत कैलालीका प्रमुख बजारहरूमा रात्रीकालीन व्यवसायको यथासिघ्र सुरुवात ।
– सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण आर्थिक, सांस्कृतिक पर्वका रुपमा स्थापित सुदरपश्चिम महोत्सवलाई स्थानीय उत्पादन, कला संस्कृति, स्थानीय परिकार, लुकेका प्रतिभा प्रोत्साहन र समग्र प्रदेशको आर्थिक समृद्धिमा समेत योगदान पुग्ने गरि पारदर्शी र व्यवस्थित बनाउदै लगिने ।
– घर बहाल सम्बन्धी स्पष्ट कानूनी व्यवस्था गर्न पहल ।
– धनगढीमा पार्किङ्ग समस्याको यथासिघ्र समाधान ।
– स्वदेशी तथा विदेशी लगानी भित्राउन सरकारी तथा गैर सरकारी निकायसंगको सहकार्यमा लगानी सम्मेलन ।
– व्यवसायीका गुनासा तथा सुझाव संकलनका साथै गुनासा सम्बोधनको लागि अनलाईन तथा अफलाईनका संयन्त्र विकास ।
– व्यवसायिक वातावरण सुधार, औद्योगिक क्षेत्रको स्थापना, पूर्वाधार निर्माण, सहज विद्युत आपुर्ति तथा यातायात लगायतका समस्या समाधानका लागि ठोस पहल गर्ने रहेका छन् ।