स्याउले बजारमा गुञ्जियो डेउडा, भोली ममता र कृष्णको प्रस्तुति रहने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–८, स्याउले बजारमा रहेको विश्वनाथ महादेव मन्दिरमा भदौ १६ गतेदेखि सुरु भएको सुदूरपश्चिम गौरा मेला उत्साहपूर्वक सञ्चालन भइरहेको छ ।

गौराको अवसरमा आयोजित मेलामा डेउडा खेल्दै सहभागीहरू उल्लासपूर्वक रमाइरहेका छन् । मेला अवलोकन गर्न आएका दर्शकले विशेष डेउडा प्रस्तुति मात्र नभई सुदूरपश्चिमको मौलिक संस्कृति, भेषभूषा र परम्परागत अभ्यासको अनुभव समेत लिइरहेका छन् ।
आयोजक मन्दिर व्यवस्थापन समितिले हरेक वर्ष यसरी विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना हुँदै आएको छ । यस वर्षको मेलाले पनि स्थानीयसँगै विभिन्न क्षेत्रका पर्यटकलाई आकर्षित गरिरहेको छ ।

‘डेउडालाई रोकेन पानीले भन्ने उखान जस्तै, परम्परालाई निरन्तरता दिन स्थानीय बासिन्दा सक्रिय रूपमा जुटेका छन् । मेलामा आज (मंगलबार) टीका साउद र उज्ज्वल सिंह साउँदको डेउडा प्रस्तुतिमा रमाएका थिए । साथै भोली (बुधबार) ममता धामी र कृष्ण धामी, त्यस्तै बिहिबार गते टिका सानु र दीपक रिमाल तथा २० गते पदम जोशी र तुलसी बुढाको प्रस्तुति रहने संयोजक बिनाडीले बताएकी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.