सुनको मूल्य हालसम्मकै उच्च : तोलाको दुई लाख २१ हजार सात सय

अत्तरिया : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू। तीन हजार नौ सय बढेको हो ।

त्यसैगरी आज चाँदी रू दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । व्यापारीहरूका अनुसार मूल्य वृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि र स्थानीय माग हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.